Heaven of the world............DIVARNA-ARGHAKHANCHI

सिउँदो पुछी चुरा फुटाइ लान्छ कालले ।।
अनि तिम्रो पोते चुटाइ लान्छ कालले ।।
जति मर्दिन भने पनि मिति पुगेपछि
शंख बजाई मलामी जुटाइ लान्छ कालले ।।
एक्लै बाच्न बाध्य पारी प्यारी तिमीलाई
मलाई तिम्रो साथ छुटाइ लान्छ कालले ।।
जतिसुकै साचे पनि मन भित्र चाहना
हाम्रो सारा सपना टुटाइ लान्छ कालले ।।
निर्दयी छ यो काल छैन यस्लाई माया
हामी सबको मन लुटाइ लान्छ कालले ।।