Kailali ka don haru

यो पढेपछि मेथी कहिल्यै भुल्नु हुनेछैन मेथी भान्सामा नियमित प्रयोग हुने
मसलारुपी खाद्य पदार्थ हो । तर सबैलाई
मेथीको स्वाद मन पर्दैन । मेथीका धेरै
फाइदा छन् । खानामा मसलाकोरुपमा प्रयोग
हुने मेथीका १०
फाइदाको चर्चा यहाँ गरिएको छ ।
यो पढिसकेपछि मेथीको स्वाद
वा बासना मन नपर्नेहरुको धारणा समेत बदलिने
छ । १ कपाल झर्न रोक्छ
मेथीको दानामा कपाललाई मजबुद गर्ने
क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक
एसिडको मात्रा उच्च हुन्छ जसले
हाम्रो शरीरलाई पनि उर्जा दिन्छ ।
यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल
मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न
रोक्छ । २ चायाँबाट मुक्ति
यदि तपाइँलाई चायाँको समस्या छ भने
मेथी तपाइँका लागि अचुक औषधी बन्छ ।
टाउकाको छाला सुख्खा भएर
समस्या भयो भने मेथी त्यसका लागि सरल घरेलु
उपाय हो । मेथीमा दही मिसाएर पेष्ट
बनाउनुस र यसलाई कपालको जरा सम्म पुग्ने
गरी लगाउनुस् । अलि अलि मसाज गर्नुस् । ३०
मिनेटपछि धुनुस् तपाइँको कपालमा चायाँक
समस्या तत्काल समाधान हुन्छ । ३ डन्डीफोर नियन्त्रण
मेथीका दाना डन्डीफोर
नियन्त्रणका लागि पनि निक्कै
उपयोगी मानिन्छ । यसले
छालाको एमिडर्मिस
तहमा रहेको टक्सिनलाई निकाल्छ र
डन्डीफोरको दाग समेत हटाइदिन्छ ।
डन्डीफोरले दिक्क पारेको छ भने
मेथी तपाइँका लागि अचुक औषधी हो ।
मेथीका दाना पिस्नुस् र पेष्ट बनाउनुस्
यसमा थोरै मह हाल्नुस् । मेथी र महको पेष्ट
सुत्नु अघि अनुहारमा लगाउनुस् विहान उठेर
चिसो पानीले धुनुस् ।
डन्डीफोरको समस्या समाधान हुन्छ । ४ मोटोपनको नियन्त्रण
मेथीमा उच्च मात्रामा फाइवर हुन्छ । यसले
पाचन प्रणालीमा सहयोग गर्छ । यसले
शरीरलाई चाहिने
भन्दा बढी क्यालोरी पनि कम गर्दिन्छ ।
विहानमा एक गिलास मेथीको पानी पिउनुस्
यसले शरीरलाई अत्यन्तै फाइदा गर्छ । ५ चम्किलो त्वाचा
अनुहार चम्किलो पार्न चाहनु हुन्छ भने
मेथी तपाइँलाई चाहिने चिज हो ।
मेथीको दानाले शरीरमा रहेका विभिन्न
फ्रि रेडिकल्सलाई बाहिर निकाल्छ ।
मेथीको दानाको पेष्ट बनाएर
लगाउँदा अनुहारमा रहेका काला घेरा र अन्य
समस्या समेत हट्छन् । यसले छालाको कलर टोन
बढाउँछ एवं मृत तन्तुहरु हटाउँछ त्यसकारण अनुहार
चम्किलो देखिन्छ । ६ पाचन प्रणालीमा सुधार
मेथीको सेवनले पाचन प्रणालीलाई
राम्रो तुल्याउँछ । यसले पेट पोल्ने र अन्य
समस्या समेत हटाउँछ । पाचन सम्बन्धी कुनै
पनि समस्या भएको ब्यक्तिका लागि मेथीक
सेवन अत्यन्तै फाइदाजनक हुन्छ । ७ सुगरको नियन्त्रण
मेथीको सेवनले रगतमा हुने सुगर लेवल
पनि नियन्त्रित हुन्छ । मेथीमा हुने
एमीनो एसिडले प्याङ्क्रियाजमा हुने
इन्सुलिनको प्रभाव बढाउँछ र यसले रगतमा हुने
सुगरको मात्रा नियन्त्रण गर्छ ।
मधुमेहका रोगीहरुलाई पनि मेथी सेवन
राम्रो मानिन्छ । ८ मृगौलाका लागि राम्रो
मेथीको सेवनले मृगौलालाई पनि स्वस्थ राख्छ
। मेथीमा हुने तत्वले पत्थरीको समस्या हुनेलाई
समेत फाइदा गर्छ । यसले भित्रका विकार
पिसावको माध्यमबाट बाहिर निकाल्छ । ९ ज्वरो नियन्त्रण
यदि तपाइँलाई ज्वरो आएको छ भने एक
चम्चा कागतीको रशमा मह र मेथी मिसाएर
खाँदा ज्वरो घटछ । यसले आराम अनुभव गराउँछ
। यसले घाँटीमा हुने खस खस पनि हटाउँछ । १० महिलालाई उपयोगी
मेथीले महिलामा स्तन वृद्धी गर्न सहयोग गर्छ
। यसले महिलाले बच्चालाई
खुवाउनका लागि दुधको उत्पादन
पनि बढाइदिन्छ । महिलामा हुने विशिष्ठ
समस्यामा मेथीले औषधीको काम गर्छ