our makwanpur gadhi

एकपल्ट पढनै पर्ने सम्राट अकबरले एकदिन
आफ्ना मन्त्री बीरबललाई
आफ्नो राज्यमा कतिजना अन्धा छन
पत्ता लगाउन अह्राए . बीरबललाई
सार्है ऋष उठ्यो अकबरले
अर्हाएको बिनासित्तिको कामबाट. उनले अकबरलाई
यसको गतिलो जवाफ दिने सोचे र
अकबरको आँखा पर्नेगरि बाटोमा मोचीको काम
गर्न थाले .
सबैभन्दा पहिला त्यो बाटो भएर
सम्राट अकबर गए, बीरबलले जुत्ता पालिस गरेको देखेर अचम्म
मान्दै अकबरले सोधे'बीरबल तिमले
यो के गरेको ?'
बीरबलले
अन्धाको सूचीमा सबैभन्दा पहिला अकबरको नाम
राखिदिए. भोलिपल्ट बीरबलले त्यो सूची अकबरलाई दिए,
अन्धाहरुको सूचीमा आफ्नो नाम
सबैभन्दा माथि देखेर रिशले
मुर्मुरिए पनि अकबर केही बोल्न
सकेनन.
अर्को हप्ता हुने संबिधान सभाको चुनावमा आँखा हुँदा हुँदै
पनि अयोग्य र भ्रस्ट नेतालाई भोट
दियौ र उनीहरुले जिते भने
तिनलाई भोट दिने सबै
अन्धोमा दरिनेछ्न ! सबैलाई
चेतना भया !