Merryland sahitya triveni

समस्या सबैको हुन्छ - थाहा छ मलाई
मन सबैको रुन्छ - थाहा छ मलाई
तर आँसु झार्नु हुँदैन - थाहा छ मलाई
हिम्मत हार्नु हुँदैन - थाहा छ मलाई
आशा मार्नु हुँदैन - थाहा छ मलाई
नत्र बिचरा भन्छन् - थाहा छ मलाई
धेरैले हुतिहारा भन्छन् - थाहा छ मलाई
शत्रु हाँस्ने छन् - थाहा छ मलाई
कुरा काट्ने छन् - थाहा छ मलाई
संघर्ष गर्नु पर्छ - थाहा छ मलाई
बनावटी भए पनि खुशी छर्नु पर्छ -
थाहा छ
मलाई
अभिनय सबैले गर्छन् - थाहा छ मलाई
कतिपय भ्रममा पर्छन् - थाहा छ मलाई
कतिको अभिनय पास हुन्छ - थाहा छ मलाई
कतिको अभिनय बकवास हुन्छ - थाहा छ मलाई
बोडी चपाएर
खुर्सानी चपाएको जस्तो अभिनय
गरेर पास भयौ - थाहा छ मलाई
खुर्सानी चपाएर
बोडी चपाएको जस्तो अभिनय
गरी बसी रहनु परेको भए के
हुन्थ्यौ -
त्यो पनि थाहा छ मलाई !
प्राय: सबै कुरा थाहा छ मलाई... तर .........
मलाई यति मात्र थाहा छैन की
यो संसारमा नरोएको मन
अनि नरसाएको आँखा कसको होला ......???
•••Diyu•••