Kapilvastu group

दसगजा मिचेर भारतले पक्की घर र ढल बनायो
कृष्णप्रसाद ढकाल
|
पक्की घरपछि ढल निर्माण तीव्र कृष्णनगर (कपिलवस्तु) :
भारतले कपिलवस्तुको कृष्णनगर क्षेत्रमा अन्तर्राष्ट्रिय
सीमास्तम्भ ५६७ नजिक दसगजा अतिक्रमण गरी ढल
निर्माण गरेको छ। एकपक्षीय रूपमा भारतले रातारात
दसगजा अतिक्रमण गरी सोही जग्गाबाट चार मिटर
मिची नेपालतर्फ च्यापेर दुई सय ५० मिटर लामो ढल
निर्माण गरिरहेको छ।
(i)
सय मिटर बढी पक्की बनाइसकेको छ भने एक सय ५०
मिटरजति ढल निर्माणका लागि खाल्टो खनिसकेको छ।
दस वर्षदेखि भारतले यस क्षेत्रमा योजनाबद्ध ढंगले
अतिक्रमण जारी राखेको छ। सुरुमा सीमा दसगजासँगै
जोडेर पक्की घर निर्माण गरी अहिले दसगजा मिचेर ढल
निर्माण गर्न थालिएको छ। बढनी ग्राम पञ्चायतले पाँच
सय मिटर पक्की ढल निर्माणको योजनाअन्तर्गत
नेपाली सीमा सुरक्षा अधिकारीको विरोधलाई
बेवास्ता गर्दै रातारात उक्त ढल निर्माण
गरेको जानकारी सीमा सुरक्षा कार्यालय कपिलवस्तु
सशस्त्र प्रहरीउपरीक्षक मधुकृष्ण गड्तौलाले दिए।
'बनाउँदै गरेको ढल दसगजाभित्र पर्छ। काम रोक्नुहोस्
भनी हामीले भारतीय पक्षलाई आग्रह गर्दै भन्यौं',
प्रहरी उपरीक्षक गड्तौलाले भने, 'यही मार्च ११
तारिखमा दुवै देशका उच्चस्तरीय
सीमा अधिकारीको निरीक्षण एवं
सर्भेपछि बनाउनुहोला भन्यौं तर उनीहरूले अटेर गर्दै
रातिराति मजदुर लगाएर ढल बनाए। उनले भने, 'हामीले
विभाग र गृह मन्त्रालयमा यसको जानकारी दिएका छौं।
हामीलाई टेरेनन्। माथि हाई लेबलबाट काम
रोकाउनुपर्ने देखिन्छ', उनले भने।
सीमामा भारतीय
पक्षको मिचाहा प्रवृत्ति बढेको देखिएको छ। एक
महिनाअघि भारतीय सीमा सुरक्षा बलले
कपिलवस्तुको चाकर चौडामा दसगजा अतिक्रमण
गरी सीमा सुरक्षापोस्ट बनाउँदा नेपाली पक्षले रोक्न
दबाब दिएको थियो।
'उक्त घटना सेलाउन नपाउँदै पुन: अतिक्रमण जारी राख्ने
कार्य अशोभनीय एवं दुई देशबीचको मित्रवत्
सम्बन्धमा आँच ल्याउने किसिमको छ', सहायक प्रमुख
जिल्ला अधिकारी कृष्णबहादुर खड्काले भने। 'भारत
सिद्धार्थनगरका डीएमलाई फोन गरेर तुरुन्तै काम रोक्न
अनुरोध गरी गृह मन्त्रालयमा समेत ढल निर्माण गर्दै
गरेको पत्राचार गरी जानकारी दिने कार्य गरेका छौं',
सहायक प्रमुख जिल्ला अधिकारी खड्काले भने। भारतले
अन्तर्राष्ट्रिय कानुनविपरीत दसगजा नजिकै इन्डो-
नेपाल बोर्डर सडक, महलीसागर, सिसवासागर,
मर्थीसागर बाँध निर्माण गरिसकेको छ। त्यसबाट
सीमावर्ती नेपालको सयौं हेक्टर खेतीयोग्य
उर्भरभूमि डुबानमा परेको छ। भारतीयले
यतिबेला दसगजामा फोहोर थोपर्ने र ढल निर्माणकार्य
थालेको जानकारी स्थानीय रजनीश गुप्ताले दिए।
दसगजा कुल १८.२ मिटर हुनुपर्नेमा भारतीय पक्षले
दसगजा क्षेत्रको ९.१ मिटर पूरै अतिक्रमण गरेको छ।
यसैगरी दसगजा क्षेत्रको मुख्य सडकमार्ग
नाकामा भारतीय सुरक्षा बलले र अन्य
दसगजा क्षेत्रमा नेपाल तथा भारतीय नागरिकले
अतिक्रमण गरी घर र गोठ बनाउने, खेतीबाली उत्पादन
गर्ने, बाटोका रूपमा प्रयोग गर्ने गरेको पाइएको छ।