I LOVE KHOTANG

’खोटाङकका कान्छा राइ, सानैमा सीडीओ’ कार्यालय प्रमुख हुनलाई पाको उमेर चाहिन्छ
भन्ने आम मानसिकता पाइन्छ । तर, जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाका जिल्ला निर्वाचन अधिकारी अनिल किरातीको हकमा भने यो मान्यता मेल खाँदैन । ४
वर्षअघि बीएस्सी अध्ययन सकेर शाखा अधिकृत
पदमा लोकसेवाको तयारी थालेका किराती २३
वर्षको उमेरमा सफलता हासिल गर्दै
‘जिल्ला निर्वाचन अधिकारी’ बने । अर्थात
ओखलढुंगाका कान्छा ‘हाकिम’ हुन अनिल राइ
जुम्लास्थित
निर्वाचन कार्यालयमा खटिएर २०७०
सालको दोस्रो संविधानसभा निर्वाचन
सफलतापूर्वक सम्पन्न गराए ।२०४५
सालमा जन्मेका उनी अहिले २६ वर्ष
हिँडिरहेका छन् । ९
महिनाअघि ओखलढुंगास्थित निर्वाचन
कार्यालयमा सरूवा भएर
आएका किराती यहाँका सरकारी कार्यालय
प्रमुख मध्येकै कान्छो उमेरका शाखा अधिकृत हुन्
। ‘बीएस्सी पढाइ पुरा गरेर प्राइभेट जब
गर्दागर्दै लोकसेवा भरेको थिएँ,’ उनले भने,
‘पछि त नाम निस्किएछ, कलिलैमा कार्यालय
सम्हाल्ने मौका पाएँ ।’खोटाङको बुइपा–६
मा जन्मिएका किराती पूर्वका चर्चित
साहित्यकार जसराज किराती र अञ्जु
राईका कान्छा छोरा हुन् ।
सानै उमेरदेखि नै पढाइमा अब्बल उनले अहिले
मास्टर्स पनि सकिसकेका छन् । उनले
शाखा अधिकृतको लागि ६ महिना ‘ध्यान
दिएर’ लोकसेवा तयारी गरेको बताए ।
शाखा अधिकृतमा नाम
निस्किएपछि किरातीलाई सुरूको केही समय
काम गर्न अफ्ट्यारो पनि लाग्यो । तर
संविधानसभा निर्वाचनको अनुभव बटुल्ने
जतिबेला उनले मौका पाए, त्यतिबेलादेखि नै
उनलाई सहज लाग्न थाल्यो । ‘सानै
उमेरमा कार्यालय सम्हाल्नुपर्दा र धेरै
कुराहरूमा आफैंले निर्णय
लिनुपर्दा गाह्रो महशुस गरेको थिएँ,’ उनले भने,
‘तर, अहिले काम गर्न धेरै सहज हुन थालेको छ ।’
कान्छो उमेरमै
कार्यालयको जिम्मेवारी सम्हाल्ने क्रममा
पाका उमेरका कर्मचारीलाई ‘हाकिम’ ठानेर
सेवाग्राही झुक्किने गरेका घटनाहरू थुप्रैपटक
घटेको किराती बताउँछन् ।
जुम्लामा रहँदा घुम्ती शिविरमा नागरिकता वितरण
टोली प्रमुख भएर गाउँ
जाँदा ‘कति साना सीडीओ’ भनेर
त्यहाँका जनताले साउती मारेको कुरा जीवनमै
अविष्मरणीय रहेको उनी बताउँछन
"’खोटाङकका कान्छा राइ, सानैमा सीडीओ’ कार्यालय प्रमुख हुनलाई पाको उमेर चाहिन्छ भन्ने आम मानसिकता पाइन्छ । तर, जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाका जिल्ला निर्वाचन अधिकारी अनिल किरातीको हकमा भने यो मान्यता मेल खाँदैन । ४ वर्षअघि बीएस्सी अध्ययन सकेर शाखा अधिकृत पदमा लोकसेवाको तयारी थालेका किराती २३ वर्षको उमेरमा सफलता हासिल गर्दै ‘जिल्ला निर्वाचन अधिकारी’ बने । अर्थात ओखलढुंगाका कान्छा ‘हाकिम’ हुन अनिल राइ जुम्लास्थित निर्वाचन कार्यालयमा खटिएर २०७० सालको दोस्रो संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराए ।२०४५ सालमा जन्मेका उनी अहिले २६ वर्ष हिँडिरहेका छन् । ९ महिनाअघि ओखलढुंगास्थित निर्वाचन कार्यालयमा सरूवा भएर आएका किराती यहाँका सरकारी कार्यालय प्रमुख मध्येकै कान्छो उमेरका शाखा अधिकृत हुन् । ‘बीएस्सी पढाइ पुरा गरेर प्राइभेट जब गर्दागर्दै लोकसेवा भरेको थिएँ,’ उनले भने, ‘पछि त नाम निस्किएछ, कलिलैमा कार्यालय सम्हाल्ने मौका पाएँ ।’खोटाङको बुइपा–६ मा जन्मिएका किराती पूर्वका चर्चित साहित्यकार जसराज किराती र अञ्जु राईका कान्छा छोरा हुन् । सानै उमेरदेखि नै पढाइमा अब्बल उनले अहिले मास्टर्स पनि सकिसकेका छन् । उनले शाखा अधिकृतको लागि ६ महिना ‘ध्यान दिएर’ लोकसेवा तयारी गरेको बताए । शाखा अधिकृतमा नाम निस्किएपछि किरातीलाई सुरूको केही समय काम गर्न अफ्ट्यारो पनि लाग्यो । तर संविधानसभा निर्वाचनको अनुभव बटुल्ने जतिबेला उनले मौका पाए, त्यतिबेलादेखि नै उनलाई सहज लाग्न थाल्यो । ‘सानै उमेरमा कार्यालय सम्हाल्नुपर्दा र धेरै कुराहरूमा आफैंले निर्णय लिनुपर्दा गाह्रो महशुस गरेको थिएँ,’ उनले भने, ‘तर, अहिले काम गर्न धेरै सहज हुन थालेको छ ।’ कान्छो उमेरमै कार्यालयको जिम्मेवारी सम्हाल्ने क्रममा पाका उमेरका कर्मचारीलाई ‘हाकिम’ ठानेर सेवाग्राही झुक्किने गरेका घटनाहरू थुप्रैपटक घटेको किराती बताउँछन् । जुम्लामा रहँदा घुम्ती शिविरमा नागरिकता वितरण टोली प्रमुख भएर गाउँ जाँदा ‘कति साना सीडीओ’ भनेर त्यहाँका जनताले साउती मारेको कुरा जीवनमै अविष्मरणीय रहेको उनी बताउँछन"