mc guys jhapali unity

[यि १० कुरामा कहिल्यै नआतिनु]
-\-\-\-\-
१-जब आपत पर्छ सम्झनु अग्नि परिक्षा हुदै छ।
स्कुलको परिक्षा जस्तो सजिलो हुदैन
जिन्दगीको परिक्षा । घोकेर हैन सोचेर हल गर्नुपर्छ
। कहिल्यै नआत्तिनु....!
~
२- दु:ख भन्ने चिज सबैलाई पर्छ, तर जो दु:खमा पनि मन
सम्हालेर खुसि हुन खोज्छ/सक्छ
त्यो जिन्दगिमा कहिलै
दु:खि हुनु पर्दैन । कहिल्यै नआत्तिनु ...!
~
३-समय एउटा यस्तो इमान्दार बस्तु हो ,जो पर्खाउन
लगाएर
कहिल्यै धोका दिदैन । एकदिन अवश्य आउछ । कहिल्यै
नआत्तिनु ..!
~
४-जीवन पनि एक बगैंचा हो । कहिले शरद जस्तै
फूल फुल्छ, कहिले वसन्त झै हरियाली हुन्छ, त
कहिले शिशिर झै ओइलिन्छ अनि कहिले ग्रीष्म झै
खडेरी को चपेटामा पर्छ। कहिल्यै नआत्तिनु ...!
~
५-खुशिको एउटा ढोका जब बन्द हुन्छ
अर्को ढोका खुलेको हुन्छ
तर अक्सर हामी बन्द ढोकातिर यति धेरै
हेर्छौ कि खुलेको ढोकातिर हाम्रो आँखा कहिले
जादैन। कहिल्यै
नआत्तिनु ..!
~
६-आत्मियताको अंगालो मारेर
अंगालो पछाडि छुरा घोप्नेहरूको पनि कमी छैन
यहाँ ?
तर पछाडी कुरा काट्नेको स्थान
पनि पछाडी नै छ, अगाडी आउने हिम्मत
उनिहरूमा कहल्यै हुँदैन । कहिल्यै नआत्तिनु ..!
~
७-मृत्यु मानिस सँग जन्मेदेखी नै पाहुना लागेर बस्छ र
उ आयुलाई पनि आफुसँगै लिएर मात्रै फर्कन्छ। उ सँगै
बसुन्जेल
बाँचिन्छ।जब फर्कन्छ, जीवन सकिन्छ। मृत्युमात्रै
जीवनको अन्तिम सत्य हो, अरु सब भ्रम हुन्।
बाँच्दा जतिसुकै शक्तिशाली छु भनेर घमण्ड गरेर
अरुलाई
तर्साएपनि स्वास र दिन
सकिएपछी त्यो खोक्रो शरिरले
केही गर्न सक्दैन । त्यसैले कहिल्यै नआत्तिनु ...!
~
८- मिहिनेत सिढी जस्तै
हुन्छ ...अनी भाग्य लिफ्ट जस्तै । कुनै
पनी समय लिफ्ट बन्द हुन सक्छ तर
सिढी जहिले पनी खुल्ला हुन्छ र उचाई
को तर्फ लैजान्छ । कहिल्यै नआत्तिनु ..!
~
९- समस्या जब जब आउछ उ एक्लै आउँदैन लावा लस्कर
सहित
आउछ। जिवन एउटा यात्रा हो उतारचढाव त
आईरहन्छ. . त्यसैले
आरामसँग यात्रा गर्नुस . .गियर बदल्दै ,बदल्दै । कहिल्यै
नआत्तिनु ...!
~
१०-जे हुनु छ हुन्छ नै । भएका कुरामा पछुताएर रुनु छैन ।
बरु
सिक्नु छ र जिउनु छ । जिन्दगीमा सकिन्छ भने
केही राम्रो काम गरौं !! कम्तीमा 'चार'
जना 'मलामी' चैं कमाउन सकियोस्, जसले आर्यघाट
सम्म पुर्याई दुई थोपा आँसु झार्दिउन्।अरू
कुरामा कहिल्यै
नआत्तिनु ...! >