Sanishchare Morang (शानिश्चरे मोरङ्ग)

"शनिस्चरे"


यो ग्रुपको नाम "शनिस्चरे" राखिएको छ । शनिस्चरेको सेवा , शनिस्चरे सबन्धि विचार आधानप्रदान गर्ने र साथसाथै शनिस्चरे बासिहरु बीच आत्मीयता बढाउनु यस ग्रुपको प्रमुख उद्देश्य हो।

यस् ग्रुप को सोच


जाँगरिला युवाहरुको हरपल प्रयास रहोस् । बिद्वान ब्यक्तित्वहरुको अमुल्य सुझाव परोस् । प्रत्येक बिहानीको किरणले शान्तिको गुञ्जन ल्याओस् । बिकास र प्रगतिको बाटोमा सधैँ अघि बढाउँन सफल होइयोस् । शनिश्चरेमा पाइला राख्ने हरेक आगन्तुकलाई स्वर्गको आभास् होस् । हामी मरेपनि सदा जीवन्त बनोस् हाम्रो प्यारो शनिश्चरे !


ग्रुपको उद्देश्य :

देश तथा बिदेशमा यत्रतत्र छरिएर रहेका शनिस्चरे बासिहरु र्लाई एकत्रित गर्दै शनिस्चरेको सेवामा लाग्न प्रेरित गर्ने यो ग्रुपको मूल उद्देश्य हो। ग्रुपको अल्पकालीन उद्देश्य फेसबुकमा उपस्थित भएका सम्पूर्ण शनिस्चरे बासिहरु र्लाई सद्भावका साथ ग्रुपको सदस्यता ग्रहण गर्न निमन्त्रणा दिने र शनिस्चरे सम्बन्धि लेखिएका ज्ञानबर्धक मौलिक लेखहरु प्रकाशन गर्ने वा अन्य स्रोतबाट प्राप्त भएका लाभदायक लेख र रचनाहरु प्रस्तुत गर्ने, छलफल गर्ने, विचार आदान-प्रदान गर्ने हो।

अनुरोधः

कृपया आफ्नो फोटो हालेर ग्रुपको वाल फोहर नगर्नुहोला।

कुनै पनि लिंकको प्रचार प्रसार नगर्नुहोला।

शनिस्चरे सम्बन्धि लेखिएका लेखहरु वा अन्य स्रोतबाट प्राप्त भएका लाभदायक लेख र रचनाहरु प्रस्तुत गर्ने, छलफल गर्ने, विचार आदान-प्रदान सदा स्वागत छ।


धन्यवाद!
=====
शनिस्चरे ग्रुप एडमिनगण