Guyz of dhangadhi

काठमाडौँ, २८ साउन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले
इबोला भाइरस सङ्क्रमण
रोकथामका लागि पूर्व
तयारी रणनीति तयार गरेको छ ।
इबोला भाइरस (इबोला हेमोरेजिक
फिभर) नामको सो भाइरस
विश्वव्यापि रुपमा फैलिँदै गएको भन्दै
विश्व स्वास्थ्य सङ्गठनले आपत्कालीन
घोषणा गरेको हुँदा मन्त्रालयले पूर्व
तयारी रणनीति तयार
गरेको जनाएको छ ।
स्वास्थ्य
तथा जनसङ्ख्या मन्त्री खगराज
अधिकारीले आज
यहाँ सो जानकारी दिँदै
रणनीतिमा नेपाल भित्रिने हवाई
तथा पैदल
मार्गका नाका सबैमा विशेषज्ञ
टोलीसहित स्वास्थ्य परीक्षण
टोली रहने, यसका शङ्कास्पद
बिरामीलाई उपचार गर्न वीर र
शुक्रराज ट्रपिकल सरुवा रोग
अस्पतालमा आवश्यक व्यवस्था गर्ने
बताउनुभयो ।
उहाँले सङ्क्रमण देखिएका देशहरूबाट
फर्किएका नेपालीलाई २१ दिनसम्म
उनीहरूका घरपरिवार र अन्य
व्यक्तिगत सम्पर्कमा आउन नदिइ
चिकित्सकको निगरानीमा राख्ने,
सो अवधिसम्म केही नदेखिएमा मात्र
घर परिवारसँग सम्पर्कमा आउन दिने,
सङ्क्रमण देखिएका देशहरूबाट खाद्य
पदार्थ ,मासु तथा छालाजन्य पदार्थ
आयात रोक्ने
रणनीतिमा रहेको जानकारी दिनुभयो ।
सो भाइरसबाट बच्ने
उपायका बारेमा विभिन्न
जनचेतनाका कार्यक्रम ल्याउने
मन्त्री अधिकारीले
जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “रोग रोकथाम गर्न
मन्त्रालय सक्षम छ, बजेटको अभाव
हुँदैन, यस विषयमा अनावश्यक
राजनीति कसैले गर्नु हुँदैन ।”
सुरुमा जङ्गली जनावर तथा पक्षीबाट
मानिसमा सरेको सो भाइरसले अहिले
मानिसबाट
मानिसमासर्दाविश्वव्यापिभयाबहकोअवस्थासिर्जनागर्दैछ

सो भाइरस मानिसमा सङ्क्रमण
भएमा ज्वरो आउने, घाँटी दुख्ने,
टाउको दुख्ने, वाकवाकी लाग्ने,
बान्ता आउने पछि रक्तस्रावसमेत भई
मृत्यु हुने वरिष्ठ चिकित्सक
सुन्दरमणि दीक्षितले
जानकारी दिनुभयो ।
उहाँले मानिसमा सो भाइरस सङ्क्रमण
भएको दुई दिनदेखि २०
दिनसम्ममा ९० प्रतिशत मृत्यु हुने र
यस अवधिमा भाइरसविरुद्धमा लड्न
सकिएमा बच्न पनि सकिने
बताउनुभयो ।
हालसम्म सो भाइरसविरुद्धको कुनै
खोप अथवा औषधिसमेत पत्ता लगाउन
नसकिएको चिकित्सक दीक्षितले
जानकारी दिनुभयो ।
मन्त्री अधिकारीले विश्व स्वास्थ्य
सङ्गठनलाई इबोला भाइरल
रोकथामका लागि आवश्यक प्राविधिक
तथा अन्य विशेषज्ञ सेवा थप उपलब्ध
गराउन आग्रहसमेत
गरिएको जानकारी दिनुभयो ।
त्रिभूवन अन्तर्राष्ट्रिय
विमानस्थलमाइबोलाभाइरसकाशङ्कास्पद
परीक्षण गर्न
केही दिनभित्रमा स्वास्थ्य परीक्षण
सुरु गरिने र भारतबाट नेपाल भित्रिने
पैदल मार्गमा स्थानीय जनस्वास्थ्य
कार्यालयले स्वास्थ्य परीक्षण गर्न
निर्देशन भइसकेको उहाँले
जानकारी दिनुभयो । pLEASE BE AWARE..& STAY SAFE..& SHARE