Morang motipur boys nd grall

जानी राखौ मुटु बचाउने ७ तरिका
१. कम्तिमा सात घन्टा सुतौँ :
हरेक रात कम्तिमा सात घन्टा सुतौँ । कडा परिश्रम छ भने
आठ घन्टा सुत्न सकिन्छ । निद्रा बिग्रिएमा शरीर चल्ने
प्रक्रियामा गडबड हुन्छ र मधुमेहले सताउने
सम्भावना बढ्छ । निद्रा नपुग्दा धमनीमा क्याल्सियम
जम्मा हुने खतरा रहन्छ, जसले धमनी खुम्चिन सक्छ ।
२. आफ्नो रक्तचाप जानी राखौँ :
रक्तचापको जानकारी अत्यन्त महत्वपूर्ण छ । उच्च
रक्तचापले धमनीलाई कमजोर बनाउँदै लान्छ । १२०/८०
देखि १३०/८५ को रक्तचापलाई उच्च मानिदैन ।
रक्तचापलाई नियन्त्रणमा राख्नु भनेको आफ्नो शरीरलाई
स्वस्थ्य र तन्दुरुस्त राख्नु हो । यसका लागि व्यायाम,
मोटोपना घटाउने, तनाव मुक्त हुने उपाय अवलम्बन गर्नु
राम्रो हो ।
३. सेकेन्डह्यान्ड धुँवाबाट बचौँ :
अरूले खाएको धुँवाले पनि तपाईंलाई उत्तिकै असर
गरिरहेको हुन्छ । चुरोट खाएको वरिपरि एक घन्टासम्म
बस्नाले दिनको दुईदेखि चारवटा चुरोट खाए समान हानि पु
¥याउँछ । धूम्रपान यसै पनि मुटुरोगको एउटा कारण हो ।
४. दैनिक ३० मिनेट हिँडौँ :
व्यायामले मानिसको आयु बढाउन मद्दत गर्छ । साथै,
व्यायामले मुटुको धड्कन हरेक दिन राम्रोसँग चलाउन
पनि मद्दत पु¥याउँछ । बुढोपना शरीरमा नदेखिनु त
यसको प्रत्यक्ष फाइदा भइहाल्यो । त्यसैले
दिनको कम्तिमा ३० मिनेट हिँडेर भए
पनि स्वास्थ्यमा ध्यान दिनु जरुरी हुन्छ ।
५. हप्ताका एक दिन माछा खाऔं :
माछामा पाइने ‘ओमेघा–३’ तेलले मुटु र धमनीको चाललाई
चुस्त राख्छ । यसमा पाइने प्रोटिनले मान्छेको मुटुलाई
सबैभन्दा धेरै फाइदा गर्ने अनुसन्धानले देखाएको छ ।
६. सन्तुष्ट हुन सिकौँ :
आर्थिक कारणले मानसिक तनाव कहिल्यै लिन हुँदैन ।
तनाबले मान्छेको निन्द्रा मात्र होइन मुटुको काम गर्ने
क्षमतामा पनि ह्रास ल्याउँछ ।
७. दाँत माझौँ :
गिजामा लाग्ने रोगहरूले कहिलेकाहीँ हृदयघातसम्म गराउन
सक्छ । तसर्थ, दन्त स्वास्थ्यको ख्याल गरेर पनि मुटु
बचाउन सकिन्छ ।