EcommerceTraining (Earn Money With Internet)

आइबिएनले टिकटमार्फत अनलाइन बिजनेश शिक्षाको प्रचार गर्ने पोखरा न्युरोड पोखरामा हालसालै पोखरेली युवाहरुद्धारा स्थापित संस्था इन्टरनेट बिजनेश इन नेपाल टिम(आइबिएन) ले पहिलो पटक पोखरामा टिकटमार्फत अनलाइन बिजनेशको प्रचार प्रसार गर्ने भएको छ । पछिल्लो पटक शहरमा भित्रिएको अनलाइन बिजनेशमा कतिपय यूवाहरु ठगिरहेको बेला आइबिएन टिमले अमेरिकाको विभिन्न इन्टरनेट बिजनेश कम्पनीहरुसंग सहकार्य गरेर यो प्रोजेक्ट बजारमा ल्याउन लागेको हो । “आइबिएन टिमलाई फेसबुकमा पछ्याउ, वेबसाइट भिजिट गरी पैसा कमाउ” भन्ने मुल नाराका साथ आइबिएनले प्रति टिकट रु.१५ को मुल्य सार्वजनिक गरेको छ । जो ब्यक्तिले रु.१५ को टिकट खरिद गर्छ त्यो ब्यक्तिले आइबिएनको फेसबुक पेज लाइक गरी १० जना नयाँ साथीहरुलाई पनि लाइक गर्न लगाउनुपर्ने छ । त्यति भइसकेपछि ति ब्यक्तिले आइबिएनबाट १ युजर नेम र पासवर्ड प्राप्त गर्छ । ति युजरनेम र पासवर्ड खोलेर ति ब्यक्तिले दैनिक दिएको वेबसाइट भिजिट गरी पैसा कमाउन सक्छ । एक टिकटबाट ब्यक्तिले मासिक ५ डलर देखि ३५ डलर माथि कमाउन सक्छ भने एक ब्यक्तिले १० वटाभन्दा बढि टिकट लिन सक्नेछ । १० वटा टिकट खरिद गरेबापत ३ वटा युजरनेम प्राप्त गर्छ । ३ वटाबाट मासिक ९० डलर सम्म आम्दानी गर्न सक्छ । दैनिक राम्रो पैसा कमाउनको लागि अफरहरु दिएको हुन्छ । जसमा फर्म भरिदिएर अफर पुरा गर्न साथ दैनिक १ डलरसम्म समेत कमाउन सक्नेछ । ”नेपालमा यूवाहरु बेरोजगार भइरहेको अवस्थामा हाम्रो टिमले अनलाइन बिजनेशको ब्यापक प्रचार प्रसार र उचित तालिमको ब्यवस्था गरी यूवाहरुलाई स्वरोजगार दिने लक्ष्य राखेका छौ ” भन्दै आइबिएनका संस्थापक अनुज कुलुङले जानकारी दिनुभयो ।
”१००० जनाभन्दा बढि पोखरेली यूवाहरुलाई यो टिकटमार्फत हाम्रो प्रोजेक्टमा सहभागी गराउने लक्ष्य राखेका छौ र यो ब्यवसायमा बिश्वास बढाउने छौ” भन्दै यो प्रोजेक्टका कार्यक्रम संयोजक सञ्जीब शाहले जानकारी दिनुभयो । ”यूवाहरुले यो अवसरलाई चिन्नुपर्छ र समयको मागअनुसार हामी चल्न सिक्नैपर्छ । सबैले यो अवसरको सहि सदुपयोग गरौ” भन्दै आइबिएन टिमका संस्थापक सचिब बिनिता गुरुङले आफ्नो धारणा राखेका थिए । सबै टिकटमध्ये एक जनालाई गोलाप्रथामार्फत डेष्कटप कम्प्युटर उपलब्ध गराइनेछ भने उक्त पुरस्कारको घोषणा श्रावण १ गते कार्यक्रममार्फत सार्बजनिक गरिनेछ । उक्त टिकट लिनको लागि ९८४६६३८०१६ कार्यक्रम संयोजक सञ्जीब शाहमार्फत सम्पर्क गर्न सकिनेछ । Source: Anuz Kulung