Itahari

अवस्थिती :

अक्षांश – २६ डिग्री ४० मिनेट ३० सेकेण्ड देखि २६ं डिग्री ४२ मिनेट ३० सेकेण्ड उत्तरी आक्षांस सम्म
देशान्तर : ८७ डिग्री १७ मिनेट ३० सेकेण्ड देखि ८७ डिग्री २० मिनेट ०० सेकेण्ड पूर्वी देशान्तर सम्म
क्षेत्रफलः कुल क्षेत्रफल ४१७७ हे.

* आवास तथा ब्यापारिक क्षेत्र ३० हेक्टर
* सार्वजनिक बन क्षेत्र ११५४ हेक्टर
* खोला, नदी, ताल वगर १७८.०० हेक्टर
* संक्षिप्त कृषि क्षेत्र २२१.०० हेक्टर
* संस्थागत क्षेत्र २०३.०० हेक्टर
* भावी शहरी विस्तार क्षेत्र १२६४.७४ हेक्टर
* आवासीय क्षेत्र १०२०.०० हेक्टर
* सडक ३३.३५ हेक्टर

भू–आकृति र सिमाना :

* समुन्द्र सतहबाट ११६ देखी १६४ मीटर सम्मको उचाईमा अवस्थित।
* धरातलिय स्वरुप, समथल तराई
* चिम्ट्याइलो, दोमट, पाँगो बलौटे माटो
* नदी तथा खोला : पूर्वको सिमानामा बुढीखोला तथा टेंग्रा र खेती खोला वीच बजार हुँदै दक्षिणतर्फ बहेको नदीहरु।
* सिमाना : पूर्वमा बुढीखोला, पश्चिममा हर्दिया खोला (हाँसपोसा), उत्तरमा चारकोसे जंगल र दक्षिणमा खनार एकम्वा गा.वि.स. यस नगरपालिकाको सीमाना रहेको छ।

मौसमः उष्ण मनसुनी हावापानी

* तापक्रम अधिकतम २० ं देखी ३८ ं से48टीग्रेड र न्यूनतम १९ ं देखी २४ ं सेण्टीग्रेड
* बार्षिक सरदर बर्षा २१० से.मी. प्रतिबर्ष

प्रशासनिक विभाजन :

* विकास क्षेत्रः पूर्वाञ्चल
* अञ्चल : कोशी
* जिल्ला : सुनसरी
* सदरमुकाम : इनरुवा
* राजनैतिक विभाजन :प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २
* इलाका क्षेत्र नं.५
* ग्रामीण वडा : २, ३, ५, ६, ७, ९
* बजार वडा : १, ४, ८
* जम्मा वडा ९

इटहरी क्षेत्र भित्रको जनसंख्या विवरण
२०५८ को जनगणना अनुसार ८६२४ घर धुरी ४१२१० जनसंख्या

* पुरुष : २०,५४७
* महिलाः २०,६६३
* परिवार संख्या : ९,७९१
* औसत परिवार संख्याः ४.७२
* जनघनत्व (प्रति हेक्टर) : ११.०७
* महिला पुरुष अनुपात महिला : ५०.१४220, पुरुष : ४९.८६22

भाषाः

* बोलिने मुख्य भाषाहरु : नेपाली, थारु, मैथिली, राई, लिम्बु, नेवारी, तामाङ्ग, सुनुवार, हिन्दी

धर्मः

* किराँत, हिन्दु, बौद्ध, मुस्लिम, क्रिश्चीयन आदि
* मुख्य जातजातीहरु : ब्रामण, क्षेत्री, नेवार, राई लिम्बु, थारु, गुरुङ्ग, तामाङ्ग, मुसहर, मुसलमान सार्कि, दमाई, कामी, सेर्पा, मल्लिक(डुम), चमार आदि
* मुख्य चार्डपर्व र मेलाः चाडपर्वः वडादशैं, भाइटिका, तीज, होली, श्रीकृष्णा जन्म अष्टमी, बुधपूर्षिमा, ल्होसार, छैट, रामनवमी, इद, वकरिद, रमजान, उभौली, उध्ौली, महपूजा, सिठीनखः आदि
* जात्राहरुः सिरुवा मेला (कचना महादेव इटहरी ४), जितिया, चौठी चाँन्द, एकादशी, गोठाले, सुखराती
* (दिवाली), सिरुवा, होली

अन्य दर्शनीय स्थलहरु :

* तालतलैयाः इटहरी वडा नं.२ र ३ को सिमानामा पर्ने प्राकृतिक मनोरम तालतलैयाहरु रहेका छन्।
* काव्यबाटीका : इटहरी वडा नं. ५ मा रहेको कलात्मक भ्रमण स्थाल।
* मेचीकाली पोखरीः इटहरी नगरपालिकाको प्राङ्गणमा रहेको यस पोखरीको वीचमा रहेको सिसमहल अनौठो प्राकृतिक दर्शनीय स्थल छ। डुंगा विहार सशुल्क माछा मार्न पाउने ब्यवस्था यसका थप विशेषता हुन।
* कृष्ण प्रणामी धार्मीक वनः बुढीखोलाको किनारमा अवस्थित, कृष्ण प्रणामी मन्दिर धार्मीक वन एकपटक दर्शनीय छ। मानव धर्म सेवा मन्दिर, आइतबारे बप्तिस चर्च,
* तरहरा कृषि फर्मः ब्यवस्थित कृषि प्रणालीका लागि हेर्नलायक स्थल।
* मठमन्दिर : कृष्ण प्रणामी मन्दिर, राधाकृष्ण शिव मन्दिर, दक्षिणकाली मन्दिर, मनकामना मन्दिर, तलाउ भित्रको बुढासुब्वा मन्दिर,

यातायात :

* अधिराज्यका प्राय ठाउँमा जान बस यातायात सुविधा, रिक्सा, टेम्पो, टेक्सी सेवा सुविधा।